१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कांग्रेस रामेछापमा प्रदेश सभाको २ पदका लागि ६४ आकांक्षी

टीकाप्रसाद भट्ट

रामेछाप — आसन्न निर्वाचनमा नेपाली कांग्रेस रामेछापबाट प्रदेश सभा सदस्यका लागि ५ दर्जनभन्दा बढी नेताहरू आकांक्षी देखिएका छन् । प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार हुन चाहने उनीहरूले बिहीबार सम्बन्धित प्रदेशमा नाम दर्ता गराएर उम्मेदवारी दाबी गरेका हुन् । 

कांग्रेस रामेछापमा प्रदेश सभाको २ पदका लागि ६४ आकांक्षी

प्रदेश सभाको बैठकले उम्मेदवार बन्न चाहनेको न्यूनतम योग्यता निर्धारण गरेको थियो । कांग्रेसको क्रियाशील सदस्य भएको, भ्रातृ संस्थामा एक कार्यकाल मुख्य पदमा रहेर काम गरेकोलगायत योग्यता पुगेकाले उम्मेदवारी दाबी गर्न सक्ने गरी मापदण्ड बनाइएपछि ६४ जनाले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दाबी गरेका हुन् ।

जिल्लामा २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । तीमध्ये प्रदेश ‘क’ मा प्रत्यक्षतर्फ १९ र समानुपातिकतर्फ १५ जनाले नाम दर्ता गराएका छन् । प्रदेश ‘ख’ मा प्रत्यक्षतर्फ १६ जना र समानुपातिकतर्फ १६ जना आकांक्षी देखाएका हुन् । प्रदेश सभा सदस्यको उम्मेदवारका लागि नाम दर्ता गराउनेको संख्या ६४ पुगेको छ ।

प्रदेश कार्य समिति ‘ख’ का सभापति राजेश श्रेष्ठका अनुसार आकांक्षी सबै नेताहरूको विषयमा प्रदेश समितिमा छलफल गरी जिल्ला समितिलाई नाम सिफारिस गर्ने योजना छ । कांग्रेसले उम्मेदवार हुन चाहनेहरूका लागि पार्टी कार्यालय सञ्चालनमा सहयोगस्वरुप प्रतिउम्मेदवार ५ हजार रुपैयाँ दस्तुरसमेत लिएको छ । यद्यपि केन्द्रीय समितिले भने उम्मेदवार सिफारिसका लागि कुनै शुल्क नदिन निर्देशन गरेको थियो ।

कांग्रेसले अघिल्ला निर्वाचनहरूमा पनि आकांक्षी देखिएका सबैको नाम माथिल्लो समितिमा सिफारीस गरेर पठाइदिएको थियो ।

यस पटक पनि सीमित व्यक्तिको सिफारीस गर्दा जिल्लामा विवाद उत्पन्न हुने भएकाले आकांक्षा देखाउने सबैको सिफारिस गरेर जिल्लाका नेताहरू विवादमुक्त हुन खोजेको देखिन्छ ।

प्रकाशित : भाद्र १७, २०७९ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?