खानेतेल बोकेको ट्रक धादिङको जरेखेतमा दुर्घटना 

सरिता श्रेष्ठ

धादिङ — पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-६, जरेखेतमा ट्रक दुर्घटनामा परेको छ । ना ५ ख ५९५५ ट्रक आइतबार बिहान सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा पुगेको हो । 

खानेतेल बोकेको ट्रक धादिङको जरेखेतमा दुर्घटना 

विराटनगरबाट खानेतेल बोकेर काठमाडौं आउदै गरेको ट्रकमा अचानक आगलागी भइ सडकबाट त्रिशूली नदी किनारमा खसेको इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी भावेश रिमालले बताए । ट्रकको अगाडिपट्टि भागमा आगो लागेको छ । ट्रकका चालक भने सकुशल छन् ।

इलाका प्रहरी कार्यालय गजुरीका डीएसपीसहितको जनपथ प्रहरीको टोली र आदमघाटस्थित सशस्त्र प्रहरीले ट्रकमा लागेको आगो नियन्त्रणमा लिएको थियो ।

प्रहरी र स्थानीयले समयमै उद्धार गर्न सकिएकोले दुर्घटनास्थलमा मानवीय क्षति हुनबाट जोगिएको डीएसपी रिमालले बताए । तेल बोकेको ट्रकमा आगो सल्किए पनि समयमै आगो नियन्त्रणमा लिन सकिएकोले थप क्षति हुनबाट जोगिएको पनि डीएसपी रिमालले बताए ।

प्रकाशित : भाद्र १२, २०७९ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?