बहुविवाह गर्ने एक जना पक्राउ

अनिश तिवारी

सिन्धुपाल्चोक — बहुविवाहको मुद्दामा जिल्ला अदालतबाट कैद तथा जरिवाना तोकिएका सिन्धुपाल्चोकका ४३ वर्षीय टिकादत्त दुलाललाई प्रहरीले पक्राउ गरेको छ । २० वर्षदेखि फरार रहेका मेलम्ची-११ का दुलाललाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले बताए ।

बहुविवाह गर्ने एक जना पक्राउ

२०५९ सालमा जिल्ला अदालतबाट दुलाललाई एक महिना कैद सजाय र एक हजार नगद जरिवाना तोकिए पनि सजाय तोकिएलगत्तै यी आरोपी फरार थिए ।

त्यसपछि जिल्ला अदालतबाट २०७३ जेठ १७ को फैसलाले बहुविवाह मुद्दामा उनलाई पुनः १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएपछि उनीसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

‘जिल्ला अदालतमा दाखिला गरिएको छ । अदालती आदेशअनुरूप दुवैलाई कैद सजायका लागि कारागार कार्यालय चौतारा चलान गरिएको छ,’ उनले भने ।

प्रकाशित : भाद्र ६, २०७९ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?