जिरीमा दम्पती मृत फेला

केदार शिवाकोटी

दोलखा — दोलखाको जिरी नगरपालिका–८ आहालेमा दम्पती मृत फेला परेका छन् । अन्दाजी ५५/५६ वर्षका हर्कबहादुर जिरेल र उनकी ५० वर्षीय श्रीमती शनिबार साँझ ७ बजेतिर मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय जिरीले जनाएको छ ।

प्रहरीका अनुसार जिरेल आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका हुन् भने उनकी श्रीमती डेढ किलोमिटर नजिकैको बोक्से भीरबाट लडेको अवस्थामा मृत फेला परेका हुन् । उनीहरूको मृत्युको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ५, २०७९ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?