३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सन्ध्या आरतीमा कथक नृत्य

काठमाडौँ — शिवको आराधनामा उपस्थित श्रद्धालुलाई कलाकार सीता सुवेदीले एउटै खुट्टाले कथक नृत्य प्रस्तुत गरेर मन्त्रमुग्ध पारिन् । पशुपति विकास कोषको सन्ध्या आरती विकास समितिले प्रत्येक दिन गर्ने पशुपतिनाथको सन्ध्या आरतीका अवसरमा सुवेदीले नृत्य प्रस्तुत गरेकी हुन् । 

सन्ध्या आरतीमा कथक नृत्य

सुवेदी एउटै खुट्टाले कथक नृत्य गर्ने कलाकारका रूपमा परिचित छिन् । उनले देश तथा देशबाहिर थुप्रै पटक नृत्य प्रस्तुति दिएकी छन् । त्रिभुवन विश्वविद्यालय ललितकला केन्द्रीय विभागमा स्नातकोत्तर तहमा संगीत अध्ययनसँगै उनले कथक नृत्य विधामा प्रशिक्षणसमेत दिइरहेकी छन् । १२ वर्षको उमेरमा क्यान्सरले छोएपछि उनको देब्रे गोडा तिघ्रामुनिबाट काटिएको थियो । कुनै पनि व्यक्तिलाई शारीरिकभन्दा बौद्धिकस्तरबाट मूल्यांकन गरी समान अवसर प्रदान गरे जुनसुकै क्षेत्रमा सफलता हासिल गर्न सक्छन् भन्ने उदाहरणका रूपमा सुवेदी उभिएकी छन् । सन्ध्या आरतीकै क्रममा प्रस्तुतिमा केही असहज भए पनि हृदयको समर्पित भावले अगाडि बढेको उनले सुनाइन् ।

आरती विकास समितिले विभिन्न पर्वहरुमा सन्ध्या आरतीसँगै विविध खालका कार्यक्रमहरु सञ्चालन गरिरहेको समितिका महासचिव दुर्गाप्रसाद खतिवडाले बताए । समितिले पशुपतिमा १५ वर्षदेखि सन्ध्या आरती कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रकाशित : भाद्र १, २०७९ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?