नुवाकोटमा आमाछोरालाई कुटपिटको आरोपमा ३ पक्राउ- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोटमा आमाछोरालाई कुटपिटको आरोपमा ३ पक्राउ

कृष्ण थापा

नुवाकोट — म्यागङ गाउँपालिका ३ मा बाटो हिँडिरहेका आमाछोरालाई कुटपिटको आरोपमा ३ जना पक्राउ परेका छन् । त्रिशूली–देउराली–किम्ताङ सडक खण्डमा आफ्नो ३ वर्षीय छोरा लिई बाटोमा हिँडिरहेको अवस्थामा ती महिलालाई कुटपिट गरी घाइते बनाएको आरोपमा म्यागङ गाउँपालिका २ का २५ वर्षीय भिम तामाङ, १८ वर्षीय किस्मत तामाङ र १८ वर्षीय कमन तामाङलाई गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले महिलालाई जबरजस्ती करणी गर्ने प्रयासमा सडकबाट करिब ५ मिटर तल खसालेको र छोरालाई कुटपिट गरी घाइते बनाएका थिए ।

ती महिला र उनको नाबालक छोरालाई कुटपिट गरेर सख्त घाइते बनाएपछि उनीहरु भागेको आरोप लागेको छ । पक्राउ परेकाहरुलाई नुवाकोट अदालतबाट पाँच दिनको म्याद थप गरी जबरजस्ती करणी उद्योग तथा ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान भइरहेको सूचना अधिकारी एवं डिएसपी रुपक खड्काले बताए ।

प्रहरीका अनुसार ती आमाछोराको काठमाडौंमा उपचार भइरहेको छ ।

प्रकाशित : भाद्र १, २०७९ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्

जबर्जस्ती करणी प्रयासको आरोपमा रामेछापका व्यवसायी कठायत पक्राउ

टीकाप्रसाद भट्ट

रामेछाप — जबर्जस्ती करणी प्रयास गरेको आरोपमा रामेछापका एक जना व्यवसायी पक्राउ परेका छन् । व्यवसायी पवन कठायतलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

उनलाई बुधबार मन्थली बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यद्यपि परिवारजनले भने कठायत आफैं प्रहरी कार्यालयमा पुगेर गिरफ्तारी दिएको दाबी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद ढकालका अनुसार भतिजी बुहारी नाता पर्ने विनु यादवले भैंसेश्वरस्थित घरमा जबर्जस्ती करणी प्रयास गरेको भन्दै प्रहरीमा पवनविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । जाहेरीपछि कठायत रामेछापबाट बाहिरै थिए ।

ढकालका अनुसार रामेछाप जिल्ला अदालतबाट म्याद थप गरी कठायत विरुद्ध परेको जाहेरी बमोजिमको उद्योग गरेको हो होइन भन्ने विषयमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान अघि बढाइने छ ।

विनु यादव कठायतकी भतिजी बुहारी हुन् । रामेछाप जिल्ला अदालतबाट यादव र उनका भतिजा प्रदीप कठायतबीचको सम्बन्ध विच्छेद भइसकेको छ । सम्बन्ध कायम नहुने अदालतले फैसला दिएपछि आवेगमा आएर विनुले अदालतमै विष सेवन गरेकी थिइन् ।

अदालतको पेसी तारिखकै दिन भैंसेश्वरस्थित घरमा काका ससुरा पर्ने पवन कठायतले जबर्जस्ती करणी प्रयास गरेको र आफू उम्कन सफल भएको भन्ने बेहोराको जाहेरी विनुले प्रहरीमा दिएकी छन् ।

बिनुले किन इजलासमै विष पिइन् ?

प्रकाशित : भाद्र १, २०७९ १८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×