जबर्जस्ती करणी प्रयासको आरोपमा रामेछापका व्यवसायी कठायत पक्राउ

टीकाप्रसाद भट्ट

रामेछाप — जबर्जस्ती करणी प्रयास गरेको आरोपमा रामेछापका एक जना व्यवसायी पक्राउ परेका छन् । व्यवसायी पवन कठायतलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

उनलाई बुधबार मन्थली बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यद्यपि परिवारजनले भने कठायत आफैं प्रहरी कार्यालयमा पुगेर गिरफ्तारी दिएको दाबी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद ढकालका अनुसार भतिजी बुहारी नाता पर्ने विनु यादवले भैंसेश्वरस्थित घरमा जबर्जस्ती करणी प्रयास गरेको भन्दै प्रहरीमा पवनविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । जाहेरीपछि कठायत रामेछापबाट बाहिरै थिए ।

ढकालका अनुसार रामेछाप जिल्ला अदालतबाट म्याद थप गरी कठायत विरुद्ध परेको जाहेरी बमोजिमको उद्योग गरेको हो होइन भन्ने विषयमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान अघि बढाइने छ ।

विनु यादव कठायतकी भतिजी बुहारी हुन् । रामेछाप जिल्ला अदालतबाट यादव र उनका भतिजा प्रदीप कठायतबीचको सम्बन्ध विच्छेद भइसकेको छ । सम्बन्ध कायम नहुने अदालतले फैसला दिएपछि आवेगमा आएर विनुले अदालतमै विष सेवन गरेकी थिइन् ।

अदालतको पेसी तारिखकै दिन भैंसेश्वरस्थित घरमा काका ससुरा पर्ने पवन कठायतले जबर्जस्ती करणी प्रयास गरेको र आफू उम्कन सफल भएको भन्ने बेहोराको जाहेरी विनुले प्रहरीमा दिएकी छन् ।

बिनुले किन इजलासमै विष पिइन् ?

प्रकाशित : भाद्र १, २०७९ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?