कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने पक्राउ

१८० गाडीले फोहोर फाले, अहिले बन्चरेडाँडाको अवस्था सामान्य
कृष्ण थापा

नुवाकोट — बन्चरेडाँडामा फोहोर विसर्जन गर्दा अवरोध सिर्जना गर्ने एक जना स्थानीयलाई प्रहरीले पक्राउ गरेको छ ।

बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने पक्राउ

डाँडाभरि स्थानीयहरु रहे पनि १ सय ८० वटा गाडीले फोहोर फालेर फर्किएको बन्चरेडाँडामा रहेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा एसपी रमेश पण्डितले बताए ।

‘अहिले तनावग्रस्त अवस्था छैन,’ उनले भने, फोहोर गाडीहरुले फालेर गइरहेका छन् । स्थानीयहरू डाँडाबाट हेरिरहेका छन् । खोंच छ । फोन लाग्दैन ।’ स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि करिब २ सय जना प्रहरी परिचालन गरिएको छ ।

फोहोर फालिने स्थलमा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत खटिएका छन् । फोहार व्यवस्थापन गर्नेबारे नुवाकोट, धादिङ र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुको पनि बैठक बसिरहेको छ ।

बन्चरेडाँडामा फोहोर विसर्जन गर्ने क्रममा मंगलबार १ राउण्ड रबरको गोली, ७ राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र १, २०७९ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?