कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पहिरोले पोल ढलेपछि धादिङमा विद्युत् अवरुद्ध

सरिता श्रेष्ठ

धादिङ — पहिरोले विद्युत् पोलमा क्षति पुगेपछि तारुघाट – धादिङबेसी ३३ केभी प्रसारण लाइन खण्ड अवरुद्ध भएको छ । जसकारण धादिङबेसी आसपासका क्षेत्रका बासिन्दा प्रभावित बनेका छन् ।

पहिरोले पोल ढलेपछि धादिङमा विद्युत् अवरुद्ध

देवीघाट सवस्टेशनबाट आएको तारुघाट – धादिङबेसी ३३ केभी प्रसारण लाइन खण्डमा सोमबार बिहान तारुकाको दोभानेमा पहिरो गएर पोल र तारमा क्षति पुगेको विद्युत कार्ययल धादिङले जनाएको छ ।

विद्युत कार्यालय धादिङका अनुसार पहिरोले २ वटा पोल भाँचिएका छन् । १० वटा विद्युत पोलमा क्षति पुगेको छ। तारहरु चुँडिएका छन्।

सडकको पहुँचमार्ग नभएको ठाउँमा पोल नै भाँचिएकोले तत्काल मर्मत गर्न सकिने अवस्था नभएको बताइएको छ । नयाँ लाइन बनाउनुपर्ने भएकोले विद्युत सेवा पुन सञ्चालन गर्न करिब २ दिन लाग्ने विद्युत कार्यालय धादिङले जनाएको छ।

प्रकाशित : श्रावण ३०, २०७९ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?