२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

नहरमा डुबेर बालिकाकाे निधन

रमेशकुमार पौडेल

चितवन — नहरमा डुबेर चितवनमा एक बालिकाकाे ज्यान गएकाे छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार रत्ननगर नगरपालिका-१६ एकताटाेलमा खेल्दाखेल्दै घर नजिकैकाे नहरले बगाएपछि ६ वर्षीया संस्कृति केसीकाे ज्यान गएकाे हाे ।

खेल्ने क्रममा नहरमा खसेकी उनलाई बगेकाे ठाउँभन्दा तीन किलाेमिटर तल सेवा केन्द्र टाेलबाट अचेत अवस्थामा उद्धार गरेकाे डीएसपी नरहरि अधिकारीले बताए ।

उपचारका लागि गुञ्जमानसिंह अस्पताल लगेकाेमा चिकित्सकले मृत घाेषणाा गरेकाे अधिकारीले जानकारी दिए ।

प्रकाशित : श्रावण २९, २०७९ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?