१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

रामेछापमा कान्तिपुरकर्मीसहित दुई पत्रकार सम्मानित

टीकाप्रसाद भट्ट

रामेछाप — नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज)को स्थापना दिवसको अवसरमा रामेछापस्थित कान्तिपुर दैनिकका उपसम्पादक टीकाप्रसाद भट्टलाई खोज पत्रकारिता वर्ष पुरस्कारसहित सम्मान गरिएको छ । उक्त पुरस्कारको स्थापना यसै वर्ष भएको हो । 

रामेछापमा कान्तिपुरकर्मीसहित दुई पत्रकार सम्मानित

कार्यक्रममा आदिवासी जनजाति उत्कृष्ट पत्रकारको पुरस्कारसहित पत्रकार नवराज श्रेष्ठलाई पनि सम्मान गरिएको छ । फोनिज जिल्ला अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार मन्थलीमा भएको पुरस्कार तथा सम्मान कार्यक्रममा फोनिजका वाग्मती प्रदेश अध्यक्ष युवराज श्रेष्ठ, रामेछाप नगरपालिकाकी उपप्रमुख बालकुमारी कार्की थापा र मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतले उनीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । खोजी पत्रकारिता क्षेत्रमा पुरस्कृत भएका भट्ट २०४९ सालदेखि कान्तिपुर दैनिकमा आबद्ध छन् ।

यसैगरी जनजाति उत्कष्ट पुरस्कार प्राप्त गरेका श्रेष्ठ फोके टेलिभिजनलगायत विभिन्न संचारमाध्यममा क्रियाशील छन् ।

कार्यक्रममा विभिन्न वक्ताहरुले पत्रकारिता क्षेत्रबाट जिल्ला विकास निर्माण र सामाजिक मुद्दाहरुलाई निष्पक्ष ढंगले उठाउनु पर्नेमा जोड दिएका थिए । समाजका सकारात्मक र नकारात्मक कुरालाई पत्रकारहरुले समान आँखाले हेर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।


प्रकाशित : श्रावण २७, २०७९ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?