१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

नुवाकोटमा गाँजासहित एक पक्राउ

कृष्ण थापा

नुवाकोट — ककनी गाँउपालिका २ खानीखोलाबाट एक जनालाई गाँजासहित प्रहरीले पक्राउ गरेको छ । 

जाँचको क्रममा महोत्तरी भटोलिया गाउँपालिका ३ का २० वर्षीय अविनाश ठाकुरलाई दुई केजी गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले बोकेको झोलाबाट प्लास्टिकको बोराले बेरेको लागूऔषध गाँजा ९ मुठाबराबर २ किलो बरामद गरी लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको डिएसपी तथा सूचना अधिकारी रुपक खड्काले बताए ।


प्रकाशित : श्रावण २६, २०७९ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?