कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

नुवाकोटमा नासुको विरोधले सेवा प्रभावित

कृष्ण थापा

नुवाकोट — सरकारले तलब वृद्धि असमान गरेको भन्दै नायब सुब्बाहरुको विरोध जनाएका छन् । जिल्लामा रहेका नासुहरु मंगलबार विरोधमा उत्रिँदा सेवाग्राही मर्कामा परेका थिए । 

मंगलबार धेरै सेवा प्रवाह हुने स्थानीय प्रशासन, मालपोत, नापीलगायतका सरकारी कार्यालयका काम प्रभावित भएको थियो । एउटै कार्यालयमा काम गर्ने राजपत्रांकित कर्मचारीहरुलाई सरकारले चोरबाटोबाट २४ देखि २६ प्रतिशत तलब वृद्धि गर्ने र अरुलाई पुरानैमा काम गर भनेकोले विरोध गर्नुपरेको जिल्ला प्रशासन कार्यालयका एक नासुले बताए ।

नुवाकोटमा स्थानीय तह र सरकारी कार्यालय गरी करिब २ सय नासु कर्मचारी छन् ।


प्रकाशित : श्रावण २४, २०७९ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?