२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

तीन लाख नगदसहित जुवा खेल्ने १२ जना पक्राउ

कान्तिपुर संवाददाता

चितवन — जुवा खेलेकाे आराेपमा चितवन प्रहरीले साेमबार बिहान १२ जनालाई पक्राउ गरेको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपनलिका-११ गणेशथानका सुदिप भण्डारीकाे घरमा जुवा खेल्दै गरेकाे सूचनाका आधारमा प्रहरीले सोमबार बिहान ४ बजेतिर छापा मारेकाे थियाे ।

पक्राउ पर्नेकाे साथबाट तीन लाख नाै हजार ७६० रूपैयाँ बरामद गरेकाे डीएसपी अधिकारीले बताए । उनीहरूकाे साथमा रहेकाे ३२ थान काैडा र एक बुक तास पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ । जुवा खेल्न गाेरखा भच्चेकदेखि पश्चिम चितवनकाे गुञ्जानगर शिवनगरसम्मका व्यक्तिहरू भेला भएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित : श्रावण २३, २०७९ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?