सिन्धुलीमा करेन्ट लागेर मृत्यु

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको तीनपाटन गाउँपालिका–७ पत्यानीमा करेन्ट लागेर ३५ वर्षीय तीर्थबहादुर श्रेष्ठको शनिबार मृत्यु भएको छ ।

वाक्सुखोला जलविद्युत आयोजनाबाट संचालित विद्युतको पोल ढलेर बाटोमा झोल्लिएको तारमा अल्झिँदा श्रेष्ठलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका श्रेष्ठलाई उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २१, २०७९ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?