कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

मन्थलीमा जमिन धाँजा फाट्यो, ११ परिवार जोखिममा

टीकाप्रसाद भट्ट

रामेछाप — अविरल वर्षाले घरभन्दा माथिको जमिन धाँजा फाँटेर झर्न थालेपछि जोखिममा परेका रामेछापको मन्थली नगरपालिका १२ गेलुका ११ परिवार जोखिममा परेका छन् । घर माथिको जमिन सर्न थालेपछि ६ परिवारलाई अन्यत्र सारिएको छ । उनीहरुको वस्तुभाउ र खेती भने पहिरो बग्ने क्षेत्रमै रहेकाले आउजाउ भइरहेको छ ।

मन्थलीमा जमिन धाँजा फाट्यो, ११ परिवार जोखिममा

अन्य ५ परिवारलाई समेत तत्काल अन्यत्र सार्नुपर्ने अवस्था छ ।

जमिन फुटेर बस्तीतर्फ सर्न थालेको स्थानमा शुक्रबार प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष दिपककुमार पहाडीलगायतको टोलीले अवलोकन गरेको छ । जमिनमा १ फिटसम्म चौडा धाँजा देखिएकोले नजिकै बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा अस्थायी बसोबास गर्न पहाडीले निर्देशन दिएका छन् । उनले सरकारले उक्त क्षेत्रको भौगर्भिक सर्वक्षण गराई बस्ती स्थानान्तरणतर्फ आवश्यक पहल गर्ने बताए ।

मन्थली १२ का वडाध्यक्ष खिलेन्द्रबहादुर खत्रीले जोखिम क्षेत्रमा वसोबास गर्ने योगेन्द्र अधिकारी, कृष्णमाया अधिकारी, तोरण अधिकारी, केशव अधिकारी, भोजबहादुर अधिकारी र मोहन अधिकारीलाई तत्काल सुरक्षित जग्गा खोजेर बसोबास गराइएको र अन्यलाई पनि स्थानान्तरण गर्ने बताए । उनले नजिकै उनीहरुकै सुरक्षित जग्गा रहेकाले तत्कालका लागि बसोबास गर्न सामाग्रीको अभाव रहेको औंल्याए ।

यसैबीच गेलु ११ मा गेलु अस्पताल निर्माण गर्दाको बाहिरी पर्खाल भत्कँदा त्यसभन्दा तल रहेका २ परिवार उच्च जोखिममा छन् । अस्पतालभन्दा अगाडिको पर्खाल झरेर बस्तीतिर सरिरहेकोले थप जोखिमबाट जोगाउन तत्काल उक्त संरचना पुनर्निर्माण गर्नुपर्नेमा खत्रीले जोड दिएका छन् ।


प्रकाशित : श्रावण २०, २०७९ २२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?