जंगली हात्तीको आक्रमणबाट एक महिलाकाे मृत्यु

कान्तिपुर संवाददाता

चितवन — जंगली हात्तीले आक्रमण गर्दा चितवनमा शुक्रबार एक जना महिलाकाे मृत्यु भएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले भरतपुर महानगरपालिका-६ देवनगरकी ५१ वर्षीया माया विकलाई घाँस काट्न जंगल गएको बेलामा जंगली हात्तीले आक्रमण गर्दा मृत्यु भएकाे जानकारी प्राप्त भएकाे बताए ।

चितवन निकुञ्जकाे बरण्डाभार मध्यवर्ती उपभाेक्ता समितिका उपाध्यक्ष देवराज सापकाेटाका अनुसार दक्षिणकाली मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाँदा यस्तो घटना भएकाे हाे ।

चितवन निकुञ्ज आसपासमा राेनाल्डाे, ध्रुबे, गाेविन्दे नाम गरेका जंगली भाले हात्तीहरू डुल्ने र बेलाबेला स्थानीयलाई पनि आक्रमण गर्ने गरेका छन् ।

देवनगर क्षेत्रका बस्तीमा भने पछिल्लो समय हात्तीकाे कुनै गतिविधि नदेखिएकाे तर अचानक यस्ताे घटना भएकाे उपाध्यक्ष सापकाेटाले बताए । स्थानीयहरूका अनुसार दिउँसाे १ बजेतिर विकलाई हात्तीले आक्रमण गरेको थियाे ।

निकुञ्ज आसपासमा वन्यजन्तुले आक्रमण गर्ने र स्थानीयकाे ज्यान जाने घटना बर्सेनि हुन्छन् । अघिल्लाे आर्थिक वर्षमा वन्यजन्तुकाे आक्रमणमा परेर चितवन निकुञ्जकाे मध्यवर्ती क्षेत्रमा २४ जनाकाे मृत्यु भएकाे थियाे । तिमध्ये १६ जनालाई बाघले, पाँच जनालाई गैंडाले र तीन जनालाई जंगली हात्तीले आक्रमण गरेकाे निकुञ्ज कार्यालयले जनाएकाे छ । याे आर्थिक वर्षमा वन्यजन्तु आक्रमणमा परेर स्थानीयकाे मृत्यु भएकाे याे पहिलाे घटना हाे ।

प्रकाशित : श्रावण २०, २०७९ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?