हेटौंडामा रगत नि:शुल्क

सुवास विडारी

मकवानपुर — हेटौंडा उपमहानगरपालिकाले बिरामीका लागि नि:शुल्क रुपमा रगत उपलब्ध गराउने भएको छ । जिल्ला रेडक्रस सोसाइटी कार्यालय मकवानपुरसँग सहकार्य गरेर हेटौंडा उपमहानगरले बिरामीका लागि नि:शुल्क रगत उपलब्ध गराउने भएको हो ।

हेटौंडामा रगत नि:शुल्क

मान्यताप्राप्त अस्पतालमा उपचाररत हेटौंडाका बिरामीका लागि चिकित्सको सिफारिसका आधारमा आवश्यकताअनुसार रगत रेडक्रसद्वारा सञ्चालित ब्लड बैंक हेटौंडाले उपलब्ध गराउने गरी सहमति भएको मेयर मीना लामाले जानकारी दिइन् ।

उनका अनुसार यस सेवा उपलब्ध गराएबापत रेडक्रसबाट हुने सम्पूर्ण खर्च उपमहानगरपालिकाले बेहोर्नेछ । ‘८५० रुपैयाँका दरले प्रतियुनिट रगतको रकम प्रत्येक त्रैमासिकमा उपमहानगरले रेडक्रसलाई उपलब्ध गराउने छ,’ मेयर लामाले भनिन् ।

आवश्यकताका आधार हेटौंडा उपमहानगरभित्र कुनै घटनामा परी उपचाररत रहेका बिरामीलाई समेत नि:शुल्क रगत उपलब्ध गराउने सकिने उनले बताइन् ।

प्रकाशित : श्रावण १९, २०७९ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?