महँगी र एमसीसीको विरोधमा नुवाकोटमा नेकपाको मसाल जुलुस - वाग्मती - कान्तिपुर समाचार

महँगी र एमसीसीको विरोधमा नुवाकोटमा नेकपाको मसाल जुलुस 

कृष्ण थापा

नुवाकोट — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले महँगी र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध जनाउँदै जिल्लामा मसाल जुलुस निकालेको छ ।

सदरमुकाम विदुरमा आइतबार साँझ नेकपा सम्बद्ध नेता, कार्यकर्ताले मसाल जुलुस निकालेका हुन् । सविता तामाङको नेतृत्वमा निकालिएको जुलुसमा कम संख्यामा सहभागी थिए । उनीहरुले मसाल जुलुस निकालेको केहीबेरमै प्रहरीले मसाल खोसेर निभाएको थियो ।


प्रकाशित : श्रावण १५, २०७९ २२:२७
प्रतिक्रिया
पठाउनुहोस्

चुरे संरक्षणको माग गर्दै सडकमै सुतेर प्रदर्शन

कान्तिपुर संवाददाता

जनकपुरधाम — चुरे संरक्षणको माग गर्दै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले आइतबार जनकपुरधामस्थित सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् । विगत दुई सातादेखि रिले अनशन बस्दै आएका भूमिहीन, दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडि सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् । 

रिले अनशनमा बस्दै आए पनि प्रदेश सरकारले आफूहरुका समस्याप्रति गम्भीरता नदेखाएकाले दबाब दिन सडकमै सुतेर प्रदर्शन गरेको उनीहरूले बताएका छन् । सिरहाको चोहर्वास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेनको जग्गा फिर्ता हुनुपर्ने, चुरे जंगलको संरक्षण गर्नुपर्नेलगायत विभिन्न पाँचबुँदे माग राख्दै चुरे तथा वनजंगल संरक्षण अभियानका अभियन्ताहरू आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित : श्रावण १५, २०७९ २२:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×