१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

अवैध उत्खनन् गर्ने एक्स्काभेटर र टिपर नियन्त्रणमा

अनिश तिवारी

सिन्धुपाल्चोक — बर्खाभर बाढीपहिरोको उच्च जोखिम भएकाले असार १ देखि भदौ मसान्तसम्म नदीजन्य वस्तु उत्खनन् गर्न नपाउने प्रावधान छ । तर सिन्धुपाल्चोकमा भने अटेर गर्दै केही क्रसर र बालुवा तस्करले दिनरात दोहन गरिरहेका छन् ।

अवैध उत्खनन् गर्ने एक्स्काभेटर र टिपर नियन्त्रणमा

केही समयअघिदेखि भोटेकोसी, सुनकोसी र इन्द्रावती नदीक्षेत्रमा दोहन भइरहेको भन्दै जनगुनासो आएपछि जिल्ला समन्वय समिति(जिसस)ले स्थलगत अनुगमन नै सुरु गर्‍यो । एक सातायता जिसस प्रमुख बालकृष्ण श्रेष्ठसहितको टोली दिनहुँजसो स्थलगत अनुगमनमा गएका छ ।

सोमबार बिहान इन्द्रावतीमा उत्खनन् गरिरहेको दुई वटा एक्स्काभेटरसहित टिपर नियन्त्रणमा लिइएको छ । एक्स्काभेटर र टिपरका चालक भने फरार रहेका छन् ।

‘इन्द्रावती र मेलम्ची क्षेत्रमा यहाँको भोटेकोसीभन्दा झनै व्यापक दोहन भइरहेको पाइयो, बर्खामा दोहन गर्न नपाउने नीति हुँदा पनि त्यसलाई बेवास्ता गर्दै दोहन हुनु दु:खद कुरा हो । दोहन रोक्न कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी छलफलमै छौं,’ समन्वय प्रमुख श्रेष्ठले भने ।

गएको बुधवार बेलुकीतिर अनुगमनकै क्रममा भोटेकोसी नदीमा चिनिँयाले बा २ क ५५४६ नम्बरको एक्स्काभेटरबाट लुकीछिपी दोहन गरिरहेको पाएपछि जिससकै टोलीले समातेर सुरक्षाकर्मीलाई जिम्मा लगाएको थियो ।

एक्स्काभेटर र चालक चिनियाँलाई ११ दिन इलाका प्रहरी बाह्रबिसेमा नियन्त्रणमा राखेर कारबाहीपछि एक लाख राजस्व तिराइएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले दुई एक्स्काभेटर र टिपरलाई नियन्त्रणमा लिइएको र आवश्यक कानुनी प्रक्रिया थालिएको बताए ।

प्रकाशित : श्रावण ९, २०७९ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?