कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

सुनापतिले दुर्घटनामा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग दिने

टीकाप्रसाद भट्ट

रामेछाप — सुनापति गाउँपालिकाले खनियापानीमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाको परिवारलाई ३० हजार रुपैयाँका दरले सहयोग दिने भएको छ । 

सुनापतिले दुर्घटनामा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग दिने

गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले बुधबार शोक वक्तव्य जारी गरी मृतकको दाहसंस्कारका लागि प्रतिमृतक ३० हजारका दरले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले क्षतिपूर्तिका लागि समेत पहल गर्ने आश्वासन दिएका छन् ।

उनले सुनापति गाउँपालिकामा हालसम्मकै ठूलो दुर्घटनामा परी ज्यान गुमाएका १३ जना यात्रुहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सबैको उपचारका लागि सम्बन्धित निकायमा पहल जारी रहेको जनाए । मंगलबार सुनापति गाउँपालिका ३ हिलेदेवीको स्वाँराबाट काठमाडौंका लागि छुटेको पूर्व अरनिको यातायात समितिको बस लुभुघाट नजिक ओरालो झर्दै गर्दा ब्रेक फेल भएर दुर्घटना भएको थियो । ९ जनाको घटनास्थलमै र ४ जनाको उपचारका क्रममा काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । दुर्घटनामा २४ जना घाइते भएका थिए । घाइतेको काभ्रे र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : असार २२, २०७९ २२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?