कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

असक्तलाई घरमै नागरिकता

टीकाप्रसाद भट्ट

रामेछाप — जिल्ला प्रशासन कार्यालय रामेछापले शारीरिक असक्तता भएका कारण जिल्ला सदरमुकामसम्म पुगेर नागरिकता प्रमाणपत्र लिन नसक्नेहरूलाई घरमै पुगेर नागरिकता वितरण गर्न थालेको छ ।

असक्तलाई घरमै नागरिकता

मंगलबार सुनापति गाउँपालिका ४ को बेथानका मिकमार तामाङ, मञ्जरी तामाङ र पेमाडोल्मा तामाङलाई घरमै पुगेर सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरुङले नागरिकता प्रमाणपत्र वितरण गरेकी छन् । बेथान पश्चिमी रामेछापको काभ्रे जिल्ला सिमानाको गाउँ हो ।

जिल्लामा शारीरिक असक्तताका कारण नागरिकता प्रमाणपत्र लिन नसकेका व्यक्तिलाई जिल्ला सदरमुकामसम्म ल्याउन-लैजान हुने झण्झटका कारण घर दैलोमै पुगेर नागरिकता वितरण गर्न थालेको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए ।

पहाडीका अनुसार यसअघि मन्थली नगरपालिका ५ सुनारपानीका गुञ्जन दमाई, जगेन्द्र खत्री र ओमकुमार श्रेष्ठ तथा खाँडादेवि गाउँपालिका ९ पिङ्खुरीकी पदममाया तामाङलाई समेत घरमै पुगेर नागरिकता प्रमाणपत्र वितरण गरिएको थियो ।

शारीरिक असक्त भएकाले राज्यबाट सामाजिक सुरक्षा भत्ता पाउने गर्छन् । तर नागरिकता प्रमाणपत्र बिना उक्त भत्ता लिन कठिनाइ बेहोर्नु परेको उनीहरूको गुनासो रहँदै आएको छ । त्यस्ता व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालयको उक्त अभियानले राहत महसुस हुने मन्थली नगरपालिका ५ का वडाध्यक्ष रविन कार्कीले अपेक्षा गरेका छन् ।

प्रकाशित : असार २२, २०७९ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?