कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

जबरजस्ती करणीको आरोपमा ३ जना पक्राउ

काठमाडौँ — जबरजस्ती करणीको आरोपमा प्रहरीले सिन्धुपाल्चोकमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १८ वर्षीय प्रिन्स थपलिया‚ १८ वर्षीय रुस कार्की र २६ वर्षीय सुलभ सुवेदी रहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले  जानकारी दिएका छन् ।

२६ वर्षीया युवतीलाई सिन्धुपाल्चोकको सुकुटेस्थित ‘सुकुटे बिच एड्भेन्चर क्याम्प रिसोर्ट’मा जबरजस्ती करणी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको प्रनाउ बस्नेतले जानकारी दिए ।

युवतीलाई जवरजस्ती करणी गरी फरार रहेका उनीहरूलाई आइतबार काठमाडौंस्थित कलंकीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धानका लागि आरोपितलाई सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद लिइएको प्रनाउ बस्नेतले बताए ।

प्रकाशित : असार २०, २०७९ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?