३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

सुवास विडारी

मकवानपुर — मकवानपुरको पूर्वी क्षेत्रमा रहेको वाग्मती गाउँपालिका–७ स्थित धरान चतरा सडकखण्डमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

घटनास्थल हेटौंडाबाट करिब ५० किलोमिटर पूर्वतर्फ पर्छ । मृत्यु हुनेमा कक्षा १० मा पढ्ने करिब १६ वर्षीय विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।

आइतबार दिउँदो करिब ४ बजे वाग्मती–९ स्थित बेतिनीबाट सिन्धुलीमा वेहुली लिन जन्ती हिँडेको ना. ८ त ८०७३ नम्बरको ट्याक्टर सडकबाट पल्टेर दुर्घटना हुँदा ट्याक्टरमा सवार २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा ७ जना गम्भीर घाइते भएको र उपचारका लागि एम्बुलेन्समा हेटौंडा अस्पताल ल्याइएको जानकारी दिए ।

प्रकाशित : असार १९, २०७९ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?