दोलखामा बस दुर्घटना, २२ घाइते- वाग्मती - कान्तिपुर समाचार

दोलखामा बस दुर्घटना, २२ घाइते

केदार शिवाकोटी

दोलखा — दोलखाको भीमेश्वर नगरपालिका–८ बोचमा यात्रुवाहक बस एक आपसमा ठोक्किँदा २२ जना यात्रु घाइते भएका छन् ।

आइतबार दिउँसो काठमाडौंबाट मैनापोखरी आउँदै गरेको प्रदेश–३–०१–००५ ख ९६९६ नम्बरको बस विपरीत दिशाबाट काठमाडौं जाँदै गरेको बा ३ ख ७४६३ नम्बरको बससँग आपसमा ठोक्किएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकाहरुको चरीकोटको पशुपति चौलागाईँ स्मृति अस्पतालमा उपचार भइरहेको छ । बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १९, २०७९ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश अध्यक्षको प्रश्न- 'कति अरुलाई पहिलो पार्टी बनाउने ?'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको पहिलो दिनको बैठक सकिएको छ । अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत र प्रदेशका नेताहरुले रिपोर्टिङ गरेपछि बैठक सकिएको हो । 

अध्यक्ष दाहालले बैठकमा प्रस्तुत गरेको १० पृष्ठको संक्षिप्त राजनैतिक प्रतिवेदन केन्द्रीय सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ । प्रदेश समिति अध्यक्षहरूले चुनावी तालमेलको समीक्षा गर्नुपर्ने बताएका छन् । उनीहरुले अब कसरी अगाडि बढ्ने र तेस्रो पार्टीबाट कहिले र कसरी माथि उठ्ने भन्ने योजना बनाउनुपर्नेमा जोड दिएका थिए ।

कर्णाली प्रदेश कमिटी अध्यक्ष विमला केसीले कति अरुलाई पहिलो पार्टी बनाउने ? भनेर प्रश्न गरेकी थिइन् । 'कति अरु पार्टीलाई पहिलो र दोस्रो बनाएर हामी तेस्रो भइरहने ? यसरी त हामी रक्षात्मक भयौं,' उनले भनेकी थिइन्, 'गठबन्धन गरे पनि यसको समीक्षा गरौं ।'

उपत्यका विशेष प्रदेश कमिटी समिति जगत सिंखडाले गठबन्धन भन्दाभन्दै पार्टीको चुनाव चिह्न बिर्सिने अवस्था आएको बताएका थिए ।

सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष हरिराम चौधरीले माओवादीका लागि गठबन्धन फाइदाजनक नभएको बताएका थिए ।

आगामी निर्वाचनको तयारी र पार्टीका आन्तरिक विषयमा छलफल गर्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबारबाट सुरु भएको हो । पार्टीको संगठनात्मक काम अन्तर्गत पोलिटब्यूरो गठन तथा कार्यविभाजन र संरचना पनि केन्द्रको एजेन्डामा समावेश गरिएको छ ।

प्रज्ञा भवन कमलादीमा बसेको पहिलो दिनको बैठकको सुरुमै अध्यक्ष दाहालले पार्टीका केन्द्रीय सदस्यहरु र विभागका सदस्यहरुलाई शपथ गराएका थिए । बैठक मंगलबारसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ ।

प्रकाशित : असार १९, २०७९ १५:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×