१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दोलखामा बस आपसमा ठोकिँदा दर्जनभन्दा बढी यात्रु घाइते

केदार शिवाकोटी

दोलखा — दोलखाको भीमेश्वर नगरपालिका-८ वोचमा यात्रुवाहक बस आपसमा ठोक्किँदा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् ।

दोलखामा बस आपसमा ठोकिँदा दर्जनभन्दा बढी यात्रु घाइते

आइतबार दिउँसो काठमाडौंबाट दोलखातर्फ आउँदै गरेको प्रदेश-३-०१-००५ ख ९६९७ नम्बरको बस र विपरीत दिशाबाट काठमाडौं जाँदै गरेको बा ३ ख ७४६३ नम्बरको बस आपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको उद्धार कार्य भइरहेको र क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : असार १९, २०७९ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?