चितवनमा बाघको आक्रमणबाट महिला घाइते- वाग्मती - कान्तिपुर समाचार

चितवनमा बाघको आक्रमणबाट महिला घाइते

रासस

चितवन — बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित : असार १८, २०७९ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्

बर्दियाको सामुदायिक वनमा महिला मृत फेला

कमल पन्थी

बर्दिया — जिल्लाको बासगढी नगरपालिका—४ स्थित जनचेतना सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ ।

अन्दाजी २४/२५ वर्षीया महिलाको शव शुक्रबार फेला परेको जानकारी प्रहरीले शनिबार दिएको हो ।

गाडा, रातो रंग साधारण फिता भएको चप्पल लगाएकी ती महिला चप्पलसहित रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक विरेन्द्रबहादुर शाहीले बताए । महिलाले रातो रंगको कुर्ता र हरियो रंगकी सुरवाल लगाएको भेटिएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक शाहीले जामुनको रुखमा ती महिलाको शव घाँटीमा सलले बेरिएको अवस्थामा फेला परेको बताए ।

शव सडेको हुँदा ती महिलाको ४–५ दिनअघि नै मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

महिलाको शवको परीक्षणका लागि जिल्ला अस्पताल गुलरिया ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : असार १८, २०७९ १२:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×