२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

ट्रक दुर्घटनामा एक भारतीयको मृत्यु

रासस

काठमाडौँ — मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखा नजिकै फलाम बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो हेटौँडाबाट ठिंगनतर्फ जाँदै गरेको सीजी ०७ बीएच ५५२७ नम्बरको फलाम बोकेको भारतीय ट्रक दुर्घटना हुँदा एक भारतीयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा ट्रक चालक भारत पटना जिल्ला महाबलिपुर बस्ने ४० वर्षीय सुरेन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार उक्त ट्रक सडकबाट २ सय मिटर तल खस्दा चालक सुरेन्द्रको घटनास्थलमै मृत्यु भएको हो ।

सुरेन्द्रको शव गाडीको स्टेयरिङमा अड्केर रहेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । ट्रकका सहचालक भारत रौतास जिल्ला दरिहट बस्ने १८ वर्षीय अजीत यादव भने हाम्फालेर बाँच्न सफल भएका छन् ।

प्रकाशित : असार १७, २०७९ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?