कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

धादिङको गल्छीमा बस दुर्घटना

सरिता श्रेष्ठ

धादिङ — पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा नं ४ चिरौदी पुल नजिकै बस दुर्घटना हुँदा ४१ जना घाइते भएका छन् ।

धादिङको गल्छीमा बस दुर्घटना

काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस शुक्रबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका २२ जनाको काठमाडौंको ट्रामा सेन्टरमा उपचार भइरहेको छ । सामान्य घाइते १४ जनाको गल्छीमा र चार जनाको आदमघाटमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए । भण्डारीका अनुसार बस अनयिन्त्रत भइ आफ्नै साइडको भित्तामा ठोक्किएको थियो । तीव्र गतिका कारण बस दुर्घटना भएको उनले बताए ।

प्रकाशित : असार १७, २०७९ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?