३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बालिकालाई करणी गरेको आरोपमा ८० वर्षीय पुरुष पक्राउ

अनिश तिवारी

सिन्धुपाल्चोक — जिल्लाको सुनकोसी गाउँपालिका क्षेत्रमा १० वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेका अनुसार बालिका बलात्कारको आरोपमा सुनकोसी गाउँपालिका–७ का ८० वर्षीय दिलबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार बलात्कारका आरोपी बिकलाई राति पक्राउ गरी आवश्यक सोधपुछ र थप अनुसन्धान सुरु गरिएको न्यौपानेले बताए । ‘बलात्कारको घटना हुनु दुखद्‍ हो, आवश्यक कानुनी प्रक्रिया थाल्दैछौं, यसबारे पूरै विवरण आइसकेको छैन,’ उनले भने ।

बाह्रबिसे नगर ९ स्थित बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा पीडित बालिकाको मेडिकल परीक्षण गरी परिवारलाई जिम्मा लगाइएको उनले जनाए । आँखामा विभिन्न समस्या देखिएपछि बिकलाई अहिले बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्रमा उपचार गरिँदै गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १७, २०७९ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?