कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मकवानपुरको ज्यामिरेबाट गाँजासहित दुईजना पक्राउ

सुवास विडारी

मकवानपुर — मकवानपुर प्रहरीले प्रतिबन्धित अवैध लागूऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका–९, ज्यामिरेबाट १५ किलो गाँजासहित २ जनालाई बुधबार साँझ पक्राउ गरेको हो ।

मकवानपुरको ज्यामिरेबाट गाँजासहित दुईजना पक्राउ

पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका–११ बस्ने २६ वर्षीय इन्द्रबहादुर प्रजा र सोही ठाउँ बस्ने २३ वर्षीय अकलबहादुर प्रजा रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना.७ ख ६०५९ नम्वरको बसमा गाँजा ल्याउँदै गरेको विशेष सूचनाको आधारमा पुगेको टोलीले बस चेक गर्ने क्रममा इन्द्रबहादुरको साथबाट ७ किलो ३ सय ६० ग्राम र अकलबहादुरको साथबाट ७ किलो ६ सय ४० ग्राम गाँजा बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ ।


प्रकाशित : असार १६, २०७९ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?