कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मकवानपुर — हेटौंडा–५ राधाकृष्ण मन्दिर नजिक दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ  । दुईजना घाइते भएका छन्। 

बिहीबार दिउँसो कान्ति लोकपथ अन्तर्गत सानोपोखराबाट क्याम्पाडाँडातर्फ जाँदै गरेको ना.५१ प ७३५९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको वाग्मती प्रदेश–०३– ००४ प १५९९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा वाग्मती प्रदेश–०३– ००४ प १५९९ नम्बरका मोटरसाइकल चालक हेटौंडा–१८, फुर्केचौरका २५ वर्षीय विशाल थापाको निधन भएको हो ।

मकवानपुर प्रहरीका अनुसार थापाको उपचारको क्रममा सञ्चो अस्पतालमा ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुर्घटनामा ना.५१प ७३५९ नम्बरको मोटरसाइकलका २५ वर्षीय लक्ष्मण आचार्य र चालक हेटौडा १८ बस्ने २३ बर्षीय सुमन थापा घाइते भएका छन् ।

प्रकाशित : असार १६, २०७९ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?