कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

अनलाइन जुवा खेल्ने ११ जना पक्राउ

सुवास विडारी

मकवानपुर — मकवानपुर प्रहरीले हेटौंडामा कोठा भाडामा लिएर अनलाइन जुवा खेल्ने ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका–४, कमलडाँडा डेरी गरी बस्ने कुलदीप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको हो ।

अनलाइन जुवा खेल्ने ११ जना पक्राउ

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा–९ लामसुरे बस्ने २३ वर्षीय निसान आचार्यसहित ११ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा–४, कमलडाँडाको २४ वर्षीय राजीव गौतम, हेटौंडा–१४चुरियामाईका २४ वर्षीय निमा थिङ, हेटौंडा–१२, पदमपोखरीका २३ वर्षीय विकास बल, मनहरी–४, मसिनेका २० वर्षीय जोसिल खत्री, गोरखा पालुङटार–७ का २२ वर्षीय डुलास तामाङ, २१ वर्षीय तिकमान तामाङ, अमोश तामाङ र बारा निजगढ–४ का २० वर्षीय अर्पण खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट अनलाइन जुवा खेल्न प्रयोग भएका विभिन्न कम्पनीका १ सय १०थान मोबाइल, ३ थान ल्याप्टप, ५ थान कम्युटर र नगद १ लाख ४५ हजार ७५ रुपैयाँ बरामद गरेको छ ।

प्रहरीका अनुसार, कुलदीप पाठक भने हाल फरार छन् । उनको खोजी गर्नुका साथै उक्त घटनाका बारेमा आवश्यक अनुसन्धानका साथै कानुनी प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।

प्रकाशित : असार १४, २०७९ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?