१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बालिका करणी आरोपमा ६२ वर्षीय पुरुष पक्राउ

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछाप नगरपालिका ४ बस्ने ६२ वर्षीय श्यामप्रसाद घिमिरे १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घिमिरेले रामेछाप ४ बस्ने १३ वर्षीया बालिकालाई ललाइफकाइ जबर्जस्ती करणी गरेका थिए । पीडित बालिका सुस्त मनस्थितिको अवस्थामा रहेको पनि प्रहरीले जनाएको छ ।

उक्त घटना कसैलाई भनेमा मार्ने धम्की दिएर जबर्जस्ती करणी गरेपछि फरार रहेका घिमिरेलाई प्रहरीले रामेछाप नगरपालिकाको सुन्तलेटारबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका घिमिरेविरुद्ध बालयौन दुरुपयोग मुद्दामा अनुसन्धान गर्न रामेछाप जिल्ला अदालतबाट ७ दिन थुनामा राख्ने आदेश लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १४, २०७९ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?