३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

नारायणीमा माछा मार्न गएका युवक बेपत्ता

चितवन — नारायणी नदीमा माछा मार्ने क्रममा सोमबार बगेर एक जना युवक बेपत्ता भएका छन् । चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका-३ बेलचोक नारायणगढका १९ वर्षीय सुसान चौधरीलाई नदीले बगाएको हो ।

नारायणगढ पुलचोकबाट झण्डै डेढ किलोमिटर पश्चिम नगरवनबाट उनी बगेको चौधरीका साथीले प्रहरीलाई सूचना दिएका थिए । साँझ पाँच बजेतिर उक्त घटना भएको थियो ।

बेपत्ता भएका सुसानलाई खोज्न विपद् व्यवस्थापन सम्बन्धी तालिम लिएका प्रहरीहरूको टोली परिचालन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए ।

प्रकाशित : असार १३, २०७९ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?