औषधि चोर्न खोज्दा लागूपदार्थ बोक्ने गिरोह फेला

अनिश तिवारी

सिन्धुपाल्चोक — जिल्लाको बाह्रबिसे नगर ९ स्थित बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रको फार्मेसीको झ्याल फोडेर शनिबार राति १२ बजे सिरिन्जसहित महत्त्वपूर्ण औषधि चोरी भयो । इलाका प्रहरी बाह्रबिसेबाट खटिएका सुरक्षाकर्मीले आरोपीलाई स्वास्थ्यकर्मीले दिएको सूचनाको आधारमा चारैतिर खोज्यो र दुई युवा पक्राउ परे ।

औषधि चोर्न खोज्दा लागूपदार्थ बोक्ने गिरोह फेला

इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेका अनुसार आइतबार बेलुकी औषधि चोरीमा संम्लग्न बाह्रबिसे नगर ९ का २४ वर्षीय अनिश राउत र भारतको मोतिहारी जिल्ला पकडोदयाल थाना सिसहानी गाउँका १९ वर्षीय रोशन पाण्डे नियन्त्रणमा छन् । यी दुई युवा बस्ने बाह्रबिसे बजारको कोठामा खनातलासी गर्दा लागू पदार्थमा प्रयोग हुने सिरिन्ज, फर्मुला औषधि पाइएको इन्स्पेक्टर न्यौपानेले बताए ।

‘फार्मेसी फोर्ने औषधि चोर खोज्दै जाँदा लागूपदार्थ दुर्व्यसनी गर्ने गिरोहमध्ये दुई जना फेला परेका छन्, दुवैबारे आवश्यक कानुनी प्रक्रिया सुरु गरेका छौं, थप अनुसन्धान भइरहेको छ,’ प्रहरी निरीक्षक न्यौपानेले भने ।

बाह्रबिसे प्रास्वाकेका स्वास्थ्यकर्मीकाअनुरुप आइतबार राति सबै कर्मचारी ड्युटी सकेर सुतिरहेका बेला समूहमा आएका मानिसहरुले गेट खोलेर फार्मेसीको झ्याल फोरेका थिए । फार्मेसीमा राखिएका अधिकांश संवेदनशील औषधिको र्‍याक र घर्रा फोरेर ११६ सिरिन्ज, फेनरामिन १८, टर्चलाइट, मस्किटो लुइटो १, ट्रामाडोल अ १०० वटा , सन्चो भिक्ससहित मोबाइल पनि चोरेको प्रहरीले जनाएको छ । यसअघि पनि मदिरा सेवन गरेका अज्ञात समूहले बाह्रबिसे प्रास्वाकेमा स्वास्थ्यकर्मीको कक्षमै पुगेर तर्साएपछि सुरक्षाकर्मी स्थलगत अनुसन्धानमा पनि पुगेका थिए ।

यसअघिदेखि स्वास्थ्यकर्मीले रातपिच्छै अज्ञात समूहबाट अस्पतालमा हुने गतिविधिबाट दिक्क भएर जनप्रतिनिधि र सुरक्षाकर्मीलाई गुहार माग्दैआएका छन् । ‘यस्तो घटनापछि यसक्षेत्रको इलाका भेगमा सुरक्षा सर्तकता कडा बनाएका छौं, चाज र परीक्षणलाई तीव्र बनाइरहेका छाैं,’ प्रहरी निरीक्षक न्यौपानेले भने ।

त्यसैमाथि बाह्रबिसे नगर क्षेत्रभर भएका १६ मध्ये १४ वटा नै सिसिटीभी बिग्रिएको मर्मत नहुँदा चोरीमा संलग्न गिरोह सक्रिय भएपछि स्थानीय त्रसित भएको स्थानीय सभाका संयोजक उद्धवबहादुर तिवारीले बताए । ‘सिसिटीभी बिग्रिएको थाहा पाएपछि यस्ता घटना हुने क्रम बढ्ने त्रासमा स्थानीय छन्, यो डर मेटाउन जनप्रतिनिधिलाई आग्रह गर्दै आएका छाैं,’ उनले भने ।

प्रकाशित : असार १३, २०७९ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?