कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेद्वारा वाग्मती प्रदेशसभा बैठक अवरुद्ध

सुवास विडारी

मकवानपुर — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वाग्मती प्रदेशसभा बैठकमा अवरुद्ध गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा व्यवसायीलाई फाइदा पुग्ने गरी करको दर निर्धारण गरेको, बजेटले सबै जिल्लालाई नसमेटेको, चुनावकेन्द्रित बजेट ल्याएको र एउटै योजना बजेट पुस्तिकमा धेरै स्थानमा दोहोरिएको आरोप लगाउँदै एमालेले सदनमा अवरोध सिर्जना गरेको हो । 

एमालेद्वारा वाग्मती प्रदेशसभा बैठक अवरुद्ध

प्रदेशसभा बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर प्रदेशसभा बैठक स्थगितको माग राखेका थिए । सभामुख सानुकुमार श्रेष्ठले एमाले मुख्य सचेतक दीपक निरौलालाई बोल्ने समय उपलब्ध गराएका थिए । मुख्य सचेतक निरौलाले बजेटमा आफ्नो पार्टीको असन्तुष्टिको विषय सदनलाई जानकारी गराएका थिए । उनले पार्टीको धारणा राखेसँगै सभामुख श्रेष्ठले प्रदेशसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका थिए ।

प्रदेशसभा बैठकअघि बसेको एमाले संसदीय दलको बैठकले समेत बजेटप्रति असन्तुष्टि व्यक्त गरेको थियो ।


प्रकाशित : असार १२, २०७९ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?