पृथ्वीराजमार्ग फेरि अवरूद्ध- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पृथ्वीराजमार्ग फेरि अवरूद्ध

रमेशकुमार पौडेल

चितवन — नारायणगढ मुग्लिन सडककाे घाेप्टेभीरमा खसेकाे पहिराे सफा गरे लगत्तै नाग्दी भीरमा पहिराे खसेका कारण पृथ्वीराजमार्ग अवरूद्ध भएकाे छ ।

आइतबार मध्याह्न सवा १२ बजेतिर घाेप्टेभिरमा पहिराे खसेकाे थियाे । त्याे पहिराे सफा गरेर दिउँसाे १ बजेपछि गाडी खुले लगत्तै नाग्दीमा पहिराे गएकाे चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।

पहिराे सफा गर्न सुरू भएपनि बाटाे सञ्चालन गर्न केही समय लाग्न सक्ने अधिकारीले बताए ।

प्रकाशित : असार १२, २०७९ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्

‘कर्मठ नेपाली’ सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — विविध क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको जीवनचित्र समेटेर पुस्तक सार्वजनिक गरिएको छ ।

आ–आफ्नो क्षेत्रमा रहेर उल्लेख्य एवं विशिष्ट योगदान पुर्‍याएका नौ जना उदाहरणीय व्यक्तिका निजी तथा सामूहिक जीवनका कथा पुस्तकमा पढ्न पाइन्छ ।

पुस्तकमा कलाकार नीर शाह, सुनील पोखरेल, कार्टुनिस्ट वात्स्यायान, कवि श्रवण मुकारुङ, शिक्षासेवी भोलानाथ शर्मा, समाजसेवी इन्दिरा राना मगर, प्रकृति संरक्षणकर्ता कमलजंग कुँवर, वित्तीय क्षेत्रकी सुचिता खनाल र तेक्वान्दो खेलाडी संगीना वैद्यका सांगोपांग जीवनलाई लिपिबद्ध गरिएको छ ।

लेखक शरद चिराग र सन्तोष रिमालले उनीहरुसँग गरेका औपचारिक अनौपचारिक कुराकानीका आधारमा पुस्तक तयार पारेका हुन् । उज्ज्वल प्रसाईंले सम्पादन गरेको पुस्तक वी रिडले प्रकाशन गरेको हो । २३२ पृष्ठको पुस्तकको मूल्य ४७५ रुपैयाँ तोकिएको छ ।



प्रकाशित : असार १२, २०७९ १४:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×