भरतपुर विमानस्थल टावरनजिकै आगलागी

रमेशकुमार पौडेल

चितवन — भरतपुर विमानस्थलको टावरनजिकै आइतबार बिहान आगलागी भएको छ । आगलागी नियन्त्रणमा लिएको र टावरमा कुनै नोक्सानी नभएका कारण उडान र अवतरणमा कुनै बाधा नहुने चितवन प्रहरीले जनाएको छ । 

भरतपुर विमानस्थल टावरनजिकै आगलागी

आइतबार बिहान पौने ४ बजेतिर टावरनजिक बिजुलीको तार सर्ट भएर एक्कासि आगो लागेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

बिजुलीको तार, इन्टरनेटको तार र टेलिफोनको तारमा क्षति पुगे पनि विमानस्थलको टावर सुरक्षित रहेको र सेवा सञ्चालन हुने डीएसपी अधिकारीले बताए । आगो १० मिनेटभित्रै निभाइएको उनले जानकारी दिए ।

प्रकाशित : असार १२, २०७९ ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?