कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मन्थलीमा कांग्रेसको समीक्षा बैठकमा नेताबाटै कुटिए कार्यकर्ता

स्थानीय निर्वाचनमा अन्तर्घात गरेको भन्दै प्रदेश कार्यसमिति सदस्य प्रदीप रोकाले कार्यकर्तामाथि कुटपिट गर्दा ६ जना घाइते
टीकाप्रसाद भट्ट

रामेछाप — नेपाली कांग्रेसका प्रदेश कार्यसमिति सदस्य प्रदीप रोकाको कुटपिटबाट शनिबार रामेछापको मन्थली नगरपालिका ३ मा ६ जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् ।

मन्थलीमा कांग्रेसको समीक्षा बैठकमा नेताबाटै कुटिए कार्यकर्ता

मन्थली ३ मा चुनावी समीक्षा कार्यक्रममा मादक पदार्थ सेवन गरी पुगेका रोकाले भेलामा आएका कांग्रेसका नेता तथा कार्यकर्तामाथि कुटपिट गरेका थिए । कुटपिटबाट कांग्रेस नेता युवराज भट्टराई, केशव कुमार रोका, सन्तोष भट्टराई, नारायण भट्टराई, राजन रोका, किरण बोगटी लगायत घाइते भएका छन् ।

समीक्षा बैठकमा रोकाले युवराज लगायत कार्यकर्तालाई अन्तरघातीको संज्ञा दिँदै उनीहरूकै कारण वडा र नगरको निर्वाचनमा पराजित हुनु परेको आरोप लगाउँदै कुटपिट गरेका हुन् । वडा सदस्यमा पराजित राजन रोकाका अनुसार उनले जे पायो त्यसैले प्रहार बताए ।

कुटपिटमा घाइते भएकाहरू तामाकोसी अस्पतालमा सामान्य उपचारपछि घर फर्केका छन् । प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार कुटपिटमा संलग्न रोकालाई प्रहरीले हिरासतमा लिएको छ । पीडितहरूको जाहेरी आएपछि आवश्यक कारबाही अघि बढाइने थिङले बताए ।

रामेछापमा कांग्रेसको किल्ला भनेर चिनिने कठजोरमा स्थानीय तहको निर्वाचनमा एमाले विजयी भएको थियो । अपत्यारिलो हार भएको भन्दै वडामा कांग्रेसले समीक्षा बैठकको आयोजना गरेको हो ।

प्रकाशित : असार ११, २०७९ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?