१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बेलकोटगढीमा आगलागीबाट ५ लाखको क्षति

कृष्ण थापा

नुवाकोट — बेलकोटगढी नगरपालिका १३ लोहनी टोलस्थित एउटा घरमा आगलागी हुँदा ५ लाख बराबरको क्षति भएको पीडित परिवारले बताएका छन् ।

स्थानीय लक्ष्मी लोहनीको घरमा शनिबार बिहान पूजा गरी दियो बालेर छाड्दा आगो सल्केको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिलिपकुमार हुमागाईंका अनुसार आगलागीमा परेर लत्ताकपडा, भाडाकु्डा र नगद १ लाख गरी ५ लाख बराबरको क्षति भएको पीडित परिवारले बताएका छन् । आगलागीमा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ११, २०७९ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?