१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कमलामाईको बजेट एक अर्ब ३४ करोड

राजकुमार कार्की

सिन्धुली — कमलामाई नगरपालिकाले कृषि उत्पादन र त्यसको बजारिकरणलाई प्राथमिकतामा दिँदै आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

कमलामाईको बजेट एक अर्ब ३४ करोड

कमलामाई नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन सुरु गरी कृषि क्षेत्रको व्यवस्थापन, उत्पादन र त्यसको बजारिकरणलाई पहिलो प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।

कृषिलाई व्यवसायीकरण, बजारीकरण र विस्तारिकरणका लागि आवश्यक पर्ने सिंचाइ, शीतगृह, संकलन केन्द्र सामुदायिक खेती तथा कृषि यान्त्रिकरण विकास गर्ने नीति लिइएको मेयर उपेन्द्रकुमार पोखरेलले जानकारी दिए ।

सिन्धुलीका ९ मध्ये सात स्थानीय तहहरूले नीति कार्यक्रम तथा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् ।

हरिहरपुरगढी गाउँपालिकाले तयारी नपुगेको भन्दै नीति तथा कार्यक्रम ल्याउन सकेन । यस्तै गोलन्जोरमा विवादका कारण शुक्रबार आगामी आर्थिक वर्ष ०७९/०८० को बजेट आउन सकेन । यी दुई पालिकाले असार १५ गतेभित्र बजेट ल्याउने तयारी गरेका छन् ।

कमलामाई नगरपालिकाले भने नगरसभामा नीति तथा कार्यक्रमसँगै शुक्रबार एक अर्ब ३४ करोड ७६ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको हो । दुधौली नगरपालिकाले पनि नीति तथा कार्यक्रमसँगै एक अर्ब १२ करोड ३२ लाख ९० हजार ४२३ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

मरिण गाउँपालिकाले तीन दिनअघि नै ६३ करोड २३ लाख ३३ हजार आठ सय बजेट सार्वजनिक गरेको छ । नीति कार्यक्रमसँगै सुनकोसी गाउँपालकाले ६० करोड, फिक्कल गाउँपालिकाले ५२ करोड ७४ लाख ७५ हजार, तीनपाटन गाउँपालिकाले ७७ करोड, घ्याङलेख गाउँपालिकाले ४८ करोड बजेट सार्वजनिक गरेका छन् ।

प्रकाशित : असार १०, २०७९ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?