१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रेमी हत्याको आरोप लागेकी युवती पुर्पक्षका लागि थुनामा

केदार शिवाकोटी

दोलखा — प्रेमीको हत्याको आरोप लागेकी युवतीलाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

प्रेमी हत्याको आरोप लागेकी युवती पुर्पक्षका लागि थुनामा

दोलखाको गौरीशंकर गाउँपालिका–३ झ्याँकु सर्सेपुका २४ वर्षीय युवक यानबहादुर बस्नेतको हत्याको आरोपमा आरोपमा पक्राउ परेकी उनीकी प्रेमिकालाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश कविप्रसाद न्यौपानेको इजलासले प्रेमी हत्याको आरोप लागेकी १९ वर्षीया युवतीलाई पुर्पक्षका लागि थुनामा पठाउने ओदेश दिएको हो । हत्याको आरोपमा पक्राउ परेका बुबालाई एक लाख धरौटीमा रिहा गरेको छ । यस्तै आमासहित बहिनी भाइ, दाइसहित छिमेकीलाई भने अदालतले साधारण तारेखमा रिहा गरेको श्रेष्तेदार शिवप्रसाद पोखरेलले बताए ।

गएको जेठ ३० गते भगाउन भन्दै युवतीको घर पुगेका बेला ती युवतीले यानबहादुरको युवतीले घाँटी थिचेर हत्या गरेको प्रहरीले बताएको छ । हत्यापछि घटनालाई आत्महत्या बनाउन घरनजिकैका जंगलमा लगेर यानबहादुरको शव झुन्ड्याइएको पाइएको पनि प्रहरीको भनाइ छ । प्रहरीले युवतीसहित ८ जनालाई कर्तव्य ज्यान मुद्दामा अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित : असार ९, २०७९ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?