कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ससुराली आएका तामाङ मृत फेला

कृष्ण थापा

काठमाडौँ — नुवाकोट–ककनी गाउँपालिका–८ मात्रा गाउँका एक स्थानीय ससुरालीमा मृत भेटिएका छन् । ४५ वर्षीय एकबहादुर तामाङ आफ्नो ससुराली बेलकोटगढी नगरपालिका ८ काशीटारमा हात बाँधिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनी बुधबार ससुराली आएका थिए । मादकपदार्थ सेवन गरेको र वादविवाद समेत भएको र बिहीबार बिहान मृत अवस्थामा भेटिएपछि घर परिवारको नै कैफियत गरेको बुझिएको डिएसपी तथा सूचना अधिकारी रुपक खड्काले बताए ।

ससुराली आएका एकबहादुर मृत भेटिएपछि प्रहरीले उनका ३५ वर्षीया श्रीमती ज्ञानमाया र ससुरा वीरबहादुर तामाङलाई पक्राउ गरेको छ । उनीहरु बाबु छोरीलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


प्रकाशित : असार २, २०७९ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?