२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

वाग्मती प्रदेशमा रक्तसञ्चार सेवा निःशुल्क

काठमाडौँ — वाग्मती प्रदेश सरकारले प्रदेशभित्रका स्थायी बासिन्दाका लागि निःशुल्क रक्तसञ्चार सेवा उपलब्ध गराउने भएको छ । हाल नेपाल रेडक्रस सोसाइटीलगायत संघसंस्थाबाट सञ्चालित रक्तसञ्चार सेवामा रक्तदाताले निःशुल्क रगत दान गरे पनि बिरामीले शुल्क तिर्नुपर्ने बाध्यता छ ।

वाग्मती प्रदेशमा रक्तसञ्चार सेवा निःशुल्क

प्रदेश सरकारले रगत, ब्लड ब्याग र रगत परीक्षण शुल्कमा सहुलियतको व्यवस्था गरेर निःशुल्क रक्तसञ्चार सेवा प्रदान गर्ने भएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले बुधबार आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गर्दै प्रदेशभित्रका स्थायी बासिन्दाहरूका लागि निःशुल्क रक्तसञ्चार सेवा उपलब्ध गराउने व्यवस्था गरिएको बताए ।

प्रकाशित : असार १, २०७९ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?