१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दोलखा जिसस प्रमुखमा माओवादीका घतानी विजयी

केदार शिवाकोटी

दोलखा — जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेको नेकपा माओवादी केन्द्रका बर्जुराम घतानी विजयी भएका छन् ।

दोलखा जिसस प्रमुखमा माओवादीका घतानी विजयी

बुधबार सम्पन्न जससको निर्वाचनमा १८ मत रहेको दोलखामा घतानीले ११ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ऋषीकेश उप्रेतीले ७ मत प्राप्त गरे । यसैगरी उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका दार्जी शेर्पा विजयी भए । उनले ११ मत पाए भने निकटतम प्रतिद्वन्द्वी गोमा केसीले ७ मत पाइन् ।

सदस्यहरूमा नेपाली कांग्रेसका निलम ठकुरी, अनील तामाङ, मेनुका चौलागाईं, सन्तेन्जु शेर्पा, टसी शेर्पा, कल्पना थामी र कृष्ण श्रेष्ठ विजयी भए । जिसस दोलखामा नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीचको गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भएको हो ।

प्रकाशित : असार १, २०७९ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?