वाग्मती प्रदेशसभामा ५ वटा प्रतिवेदन पेस

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशसभाको बैठकमा विभिन्न समितिका ५ वटा प्रतिवेदन पेस भएको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकमा लोकसेवा आयोग र संसदीय समितिको वार्षिक प्रतिवेदन पेस भएका हुन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७/७८ को वार्षिक प्रतिवेदन सदनमा पेस गरेका थिए ।

वाग्मती प्रदेशसभामा ५ वटा प्रतिवेदन पेस

प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायणबहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशवप्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले आफ्नो समितिको वार्षिक प्रतिवेदन सदनमा पेस गरेका हुन् ।

प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले आर्थिक सर्वेक्षण २०७८/७९ पेस गरेका थिए । प्रदेश सरकारले असार १ गते अर्थात् बुधबार आगामी आवको बजेट ल्याउँदैछ । प्रदेशसभा बैठक बुधबार अपराह्न ४ बजे बस्ने गरी सभामुख सानुकुमार श्रेष्ठले स्थगित गरेका छन् ।

प्रकाशित : जेष्ठ ३१, २०७९ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?