९५ वर्षीया महिलामाथि कुटपिट गरी लुटपाट- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

९५ वर्षीया महिलामाथि कुटपिट गरी लुटपाट

केदार शिवाकोटी

दोलखा — दोलखाको बैत्यश्वर गाउँपालिका–७ माझीबस्तीमा बस्दै आएकी एक वृद्धामाथि कुटपिट गरी लुटपाट भएको छ । बस्तीकी ९५ वर्षीया असुली तामाङमाथि कुटपिट गरेर लुटपाट भएको हो ।



सोमबार मध्याह्न २ जना अज्ञात व्यक्तिले घरको पिँढीमा बसिरहेकी तामाङलाई कुटपिट गरेर उनले लगाएका सुनका गहना लुटपाट भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

कानमा लगाएका गहना लुटेराहरूले जबर्जस्ती तान्ने क्रममा वृद्धाका कानका लोती चुँडिएको पीडित वृद्धाले बताएकी छन् । यस्तै तामाङले गलामा लगाएको तिलहरी समेत ती व्यक्तिले लुटेका छन् । लुटपाट भएको देखेपछि तामाङकी नातिनीले हारगुहार गरेपछि लुटेराहरु भागेका थिए ।

लुटेराले तामाङले कान र गलामा लगाएको करिब २ तोला सुनका गहना लुटिएको प्रहरीले बताएको छ । लुटपाटमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७९ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्

वीरगन्जबाट ११३ वटा कछुवासहित एक जना पक्राउ

शंकर आचार्य

पर्सा — पर्सा प्रहरीले भारतबाट अवैध रूपमा कछुवा ल्याउने एक जनालाई सोमबार वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्ने बाराको कलैया उपमहानगरपालिका–७ का ४५ वर्षीय आनन्दलाल टेमानी रहेका छन् । 

तस्बिर सौजन्य: जिल्ला प्रहरी कार्यालय पर्सा 

वीरगन्ज–१६ इनर्वा गाउँको बाटो हुँदै भारतबाट अवैध रूपमा १ सय १३ वटा कछुवा ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । अस्थायी प्रहरी पोस्ट इनर्वाबाट खटिएको टोलीले भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको बीआर ०५ एएफ ०५८३ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा टेमानीले मोटरसाइकलको डिक्कीभित्र हरियो रंगको झोलामा लुकाइछिपाई राखेको कछुवा बरामद भएका थिए ।

मोटरसाइकल र कछुवासहित उनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय वीरगन्जमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ३०, २०७९ १५:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×