कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चितवनको टोपे खोलामा फेरि पहिरो, सडक अवरुद्ध

रमेशकुमार पौडेल

चितवन — नारायणगढ मुग्लिन सडकको टोपे खोलामा शुक्रबार राति फेरि पहिरो खसेपछि दुईतर्फी रुपमा बाटो अवरुद्ध भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार अविरल वर्षाका कारण जिल्लाको इच्छाकामना गाउँपालिका ६ मा पर्ने टोपे खोलामा शुक्रबार राति ९ बजे पुन: पहिरो झर्दा बाटो अवरुद्ध भएको छ ।

चितवनको टोपे खोलामा फेरि पहिरो, सडक अवरुद्ध

प्रहरी टोली खटिए पनि तत्काल पहिरो पन्छाउन सक्ने अवस्था नरहेको डिएसपी अधिकारीले बताए ।

उनले भने, 'पहिरोस्थलमा ईलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी निरीक्षकको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी नायव उपरीक्षको टोली खटी गए पनि वर्षातको कारण तत्काल पहिरो पन्छाउन सकिने अवस्था छैन ।'

शुक्रबार बिहान पौने ९ बजेतिर सो ठाउँमा पहिरो जाँदा घण्टौं सवारी जाम भएको थियो । साँझपख पहिरो सफा भए पनि गाडी सबै पास हुन नपाउँदा सो सडक हुँदै यात्रा गर्नेहरुको बिजोग भएको छ ।

यो सडक राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । यसलाई राजधानीको लाइफलाइन अर्थात् जीवनरेखा नै भन्ने गरिन्छ ।

प्रकाशित : जेष्ठ २७, २०७९ २२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?