कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चितवनमा सेप्टिक ट्यांकीमा खसेर दुई जनाको निधन

रमेशकुमार पौडेल

चितवन — सेप्टिक ट्यांकी सफा गर्ने क्रममा बुधबार चितवनमा दुई जनाको निधन भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा कपिलवस्तु शिवराज नगरपालिका-९ बस्ने २४ वर्षका छतिराम थारू र  २३ वर्षका राम चौधरी रहेका छन् ।

चितवनमा सेप्टिक ट्यांकीमा खसेर दुई जनाको निधन

भरतपुर महानगरपालिका-१९ तमु टोलको रामप्यारी गुरूङको घरको सेप्टिक ट्यांकी सफा गर्ने क्रममा घटना भएको चितवन प्रहरीले जनाएको छ । डिएसपी नरहरि अधिकारीका अनुसार साँझ साढे ६ बजेतिर सफा गर्ने क्रममा छतिराम थारू चिप्लेर ट्यांकीमा खसेका थिए । छतिराम खसेपछि उनलाई झिक्न भन्दै राम चौधरी ट्यांकीमा छिरेका थिए । छतिराम र राम साला-भेना रहेको प्रहरीले जनाएको छ ।

घटनापछि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि गएको थियो । दुवैको शव निकालेर पोस्टमार्टममा लागि साँझ ८ बजेर ५५ मिनेट जाँदा भरतपुरको सरकारी अस्पताल पठाएको डिएसपी अधिकारीले बताए ।

प्रकाशित : जेष्ठ २५, २०७९ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?